कर्णाली डेभलपमेन्ट सहित ६ वित्तीय संस्था राष्ट्र बैंकको कारवाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 01:19:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा वित्तीय संस्थालाई कारवाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ पहिलो र दोस्रो त्रयमासमा गरि कुल ६ संस्थालाई कारवाही गरेको हो।

राष्ट्र बैंकले विकास बैंक र फाइनान्सका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो । राष्ट्र बैंकले केहि संस्थालाई सचेत गराएको छ भने केहिलाई नसिहत दिएको छ ।

हेर्नुस् कसलाई के कारवाही ?

मुक्तिनाथ विकास बैंक लि.

संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएकोर उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष् र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।

 सप्तकोशी डेभलपमेण्ट बैंक

संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको । साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन नेपाल राष्ट्र बैंक, २०५८ को उपदफा (२) को खण्ड (ङ) बमोजिम आदेश दिइएको ।

संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा राष्ट्र बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकको निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक Core Banking System मै गई आधार दर परिवर्तन गरेको पाइएको  र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी राष्ट्र  बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको ।

नारायणी डेभलपमेन्ट बैंक

संस्थाले २०८० साउन देखि असोजसम्मको अवधिमा पहिलो पटक P03, दोश्रो पटक P04 र तेस्रो पटक P05 मा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा राष्ट्र बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३÷०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ र इ.प्रा. निर्देशन नं. २१÷८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई रु.१२,८४६।२८ नगद जरिवाना गराइएको ।

संस्थाको कर्जा–निक्षेप अनुपात (CD Ratio) २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक राष्ट्र  बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बँुदा नं. ६ को उपबुँदा नं (६) मा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले संस्थालाई एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बँुदा नं. ६ को उपबुँदा नं (७) अनुसार कुल रु.२,४१,९२४।०१ हर्जाना लगाइएको ।

प्रोग्रेसिभ फाइनान्स 

राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया -Comparable Market/Sales Comparision Method– Income Capitalization Method_  अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्त जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम नसिहत दिइएको ।

गुडविल फाइनान्स 

समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुँदा नं. ३ को उपबुँदा (४) मा भएको व्यवस्था विपरित संस्थाले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाइ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)  को खण्ड (क) बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved