२७ अर्ब निक्षेप निकाल्दा पनि सिडी रेसियोले नै बैंकलाई जोगायो: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 04:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको सिडी रेसियोको व्यवस्था कै कारण अहिले बैंक डुब्नबाट जोगिएको बताएका छन् । बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् 

राष्ट्र बैंकले बढ्दो कर्जा रोक्नको लागि त्यो बेला सिडी रेसियो कार्यान्वयन ल्याउँदा निक्कै प्रहार भएको स्मरण गर्दै उनले सोहि व्यवस्थाले नै अहिले बैंक जोगिएको उनले बताए । उनले भने 'एनआईसी एशिया बैंकलाई निकै हदसम्म त्यो सिडी रेसियोले काम गर्यो'। आजको दिनसम्म बैंकबाट २७ अर्ब निक्षेप बाहिरिंदा पनि बैंकलाई कुनै समस्या नपरेको उनले उल्लेख गरे । यदि सिडीलाई ९५/१०० गरेको भए अर्कै समस्या आउने थियो भन्दै उनले राष्ट्र बैंकले लिएका नीतिको परिणाम पछाडी मात्र आउने बताए 

उनले केहि समुह बैंक डुबाउन लागेको भन्दै राष्ट्र बैंकले हेरेका कुनै पनि बैंक तथा वित्तीय संस्था नडुब्ने बताए। 

कार्यक्रममा उनले अहिले ऋणीहरु समस्यामा पर्नुमा बैंकहरु संगै राष्ट्र बैंक पनि दोषी भएको बताए  । आर्थिक स्थिति सबल हुँदा हुँदै पनि भावना अर्को देखिएको र यसको जिम्मेवार सबै भएको उनले बताए । 'ऋणीले ऋण लिंदा बुझेनन्, तर बैंकले पनि बुझ्नु पर्थ्यो' उनले भने 'त्यसैले ऋणी आज समस्यामा पर्नुको दोष बैंकहरु पनि हुन्।'

सहकारी क्षेत्रमा देखिएका समस्या र पूर्वाधारको क्षेत्रमा आएको स्थितिले गर्दा आर्थिक स्थिति सबल हुँदा पनि भावना अर्कै देखिएको उनले स्पष्ट पारे । सहकारीको १० प्रतिशत मात्रै पैसा फिर्ता हुने माहोल बनाउन सकियो भने सहकारीको अहिलेको समस्यामा न्यूनीकरण आउने उनको दाबी छ । त्यस्तै पूर्वाधारको क्षेत्रमा खर्च हुन सके यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved