विश्व सामु नेपाललाई चिनाएको महिला फुटबल टिमलाई कृषि विकास बैंकको आर्थिक सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 06:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वसामु नेपालको फुटबललाई चिनाएको महिला फुटबल टिमलाई कृषि विकास बैंकले सम्मान गरेको छ। बैंकले बैंकमा एक कार्यक्रमको आयोजना गरेर महिला फुटबल टिमलाई सम्मान गरेको हो। 

बैंकले सम्मानसंगै आर्थिक सहयोग पनि गरेको हो। पाली महिला फुटवल टिमलाई बैंकले ६ लाख ७० हजार रुपैयाँ धनराशी सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले आफ्ना कर्मचारी तथा अखिल नेपाल फुटवल संघ (एन्फा) का पदाधिकारीहरुको उपस्थितिमा उक्त आर्थिक सहयोग प्रदान गरेको हो। 

खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरुलाई प्रोत्साहित गर्नको लागि अखिल नेपाल फुटवल संघ (एन्फा) मार्फत नगद पुरस्कार स्वरुप आर्थिकरुपमा नै सम्मान गरिएको बैंकका सीइओ गुरुङले जनाएका छन्। 

गुरुङकाअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो। र आगामी दिनमा पनि सीएसआर अन्तर्गतको बजेटमा सहयोग प्रदान गरिने उनले जनाए। 

पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपमा अपराजित यात्रा कायम गर्दै नेपाली फुटबल महिला टिम फाइनलमा पुगेको थियो।  उत्कृष्ट प्रदशन गरेको नेपाली टिम फाइनलमा जोर्डनसंग पेनाल्टीमा हारेको थियो। 

कुन शिर्षकमा कति वितरण:

• खेलाडीहरु २३ जनालाई जनही रु.२५,०००/-

• मुख्य प्रशिक्षकलाई रु.१५,०००/-

• प्रशिक्षक ३ जनालाई जनही रु.१०,०००/-

• टिम म्यानेजरलाई रु.१०,०००/-

• फिजियोथेरापिस्टलाई रु.१०,०००।-

• एन्फालाई रु.१०,०००/-

• हेड अफ डेलिगेट्सलाई रु.१०,०००/-

• अफिसियललाई रु.१०,०००/-

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved