यी हुन् नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका ठुला लगानीकर्ता, सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 12:40:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर लगानी हुने लगानीकर्ताको संख्या १५ रहेको छ । बैंकले जारी गरेको आर्थिक वर्ष २०७९।०८० को रिपोर्ट अनुसार १५ कम्पनीले ०.५ प्रतिशतभन्दा धेरै लगानी गरेका छन् । 

जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी रहेको छ । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बैंकमा ६.७३ प्रतिशत शेयर हिस्सा रहेको छ । यसैगरी महालक्ष्मी ईन्भेष्टमेन्टको ३.९६ प्रतिशत र छाया ईन्भेष्टमेन्टको ३.६८ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

यसैगरी, केयूपी ईन्भेष्टमेन्टको ३.५१, सोफिया ईन्भेष्टमेन्टको ३.३३, सिटिजन ईन्भेष्टमेन्ट ट्रष्टको १.३२, अन्नपुर्ण ईन्भेष्टमेन्ट, सूर्य ईनोसिस् र प्रेस्टीन ईन्भेष्टमेन्टको समान ०.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै, कमला ईन्भेष्टमेन्ट र नोबेल ईन्भेष्टमेन्टको समान ०.७० प्रतिशत, लोटस ईन्भेष्टमेन्टको ०.६५, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.६४, मर्चेन्टाईल ईन्भेष्टमेन्टको ०.५७ र सिटिजन यूनिट स्किमको ०.७६ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved