पक्राउ परेका ११ बैंकर्सलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 05:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित पक्राउ परेका ११ जना बैंकर्सलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका बैंकर्सहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।

उच्च अदालत, पाटनले पक्राउ परेका सबै ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्तासमेत रहेका एसपी होविन्द्र बोगटीले जानकारी दिए । 

सीआईबीले माघ १५ गते न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

उनीहरुले कमसल धितोमा सहकारी सञ्चालक रविन्द्र चौलागाईँलाई २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गरेको भन्दै सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved