माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 04:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्र बैंकका ग्राहकले बिगमार्ट सुपरमार्केटहरुमा छुट पाउने भएका छन् । पोखरामा हालै उद्घाटन भएका बिगमाटमा बैंकका ग्राहकले छुट पाउने भएका हुन् । 

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा १० प्रतिशतसम्म पाउने जनाइएको छ ।  बैंकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।

यो क्यासब्याक पोखराको बिगमाटका रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारी शाखाहरुमा पाइने छ  ।

माछापुच्छ्र बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि ग्राहकहरुलाई छुट प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved