कृषि विकास बैंकको आधार दर ८.८८ प्रतिशत मात्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 06:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषिविकास बैंकको आधारदर ८.८८ प्रतिशत रहेको छ । निक्षेप तथा कर्जा व्यवस्थापनमा खास ध्यानदिई निक्षेप तथा कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आधार दर क्रमशः घटाउदै लैजान सफल भएको बैंकले जनाएको छ । 

कृषिलाई नछोड्ने, अरुलाई जोड्दिने निति अवलम्वन गरेकोयस बैंकले सरकारी कारोवार, सानाकिसानको लागिसरल कृषिकर्जा लगानी, सानातथामध्यमउद्योगकालागिलगानीगर्दै आएको बैंकले हालकादिनमा ठूला आकारका व्यवसायिककर्जामा समेत जोड दिदै आएको छ । बैंकको वेस रेट घटे संगै यस बैंकको लगानी क्षमता मा उच्च वृद्धि भएको छ ।

बैंकले चैत्र महिनाको लागि आठ दशमलव आठ आठ अंकको आधारदर सार्वजनिक गरेको छ । यो सगै बैंकको व्यवसायिककर्जा लगानीको व्याजदर दशदशमलव आठ आठ अंकमा झरेको छ । निजीक्षेत्रका बैंकहरुको आधार दर वढीहरेको हालको अवस्थामा कृषिविकास बैंकको आधार दर भने उच्च अंकले घटेको छ ।

आधार दर घटे संगै किसानले उपयोग गरेको कर्जाको व्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा वढी रहेको बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको छ । निजी सवारी साधन खरिदकालागि खरिद मुल्यको ६५ प्रतिशत र विद्युतिय गाडीमा ८० प्रतिशत सम्म कर्जा लगानी गरी सेवाविस्तार गर्ने बैंकले उल्लेख गरेको छ । 

किसानको कर्जाको व्याजदरको असर समग्र आर्थिक प्रणालीमा हुने गर्दछ । कमव्याजदरले कृषि उत्पादनको लागत घट्न गई वजारमामुल्य वृद्धिको चापमा कमी आउने गर्दछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved