बैंक वित्तिय संस्थामाथि भएको नियोजित आक्रमणबारे बोल्यो नेपाल राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 05:59:21 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बैंक बित्तिय सँस्थाबारे गरिएको पछिल्ला अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण जनाएको छ। पछिल्लो समय केहि व्यक्ति तथा समूहले दिएका अभिभ्यक्ति भ्रामक दुषित भएको भन्दै राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। 

'हाम्रो प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ' राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू आफुहरुको निर्देशनअनुरूप नै रहेकोले कुनै पनि किसिमको भ्रम नराखी निश्चित भएर कारोबार गर्नलाई राष्ट्र बैंकले आम सर्वसाधारणलाई अनुरोध समेत गरेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र  बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

'बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ । बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ' राष्ट्र बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

पछिल्लो समय बैंक बित्तिय संस्थाप्रति नियोजित आक्रमण भएको भन्दै बैंकरहरुले समेत यस्तो घटनाको बिरोध जनाएका छन्। पछिल्लो समय एनआईसी एसियामाथि भएको आक्रमण अहिले प्रभु हुँदै कुमारी बैंकमा आइपुगेको बैंकर्सहरुको बुझाई छ। राष्ट्र बैंकको बिज्ञप्तीले पनि पछिल्लो समय बैंक  तथा बित्तिय संस्थामाथिको आक्रमण लक्षित र नियोजित भएको देखिन्छ।  

यो पनि :

बैंकमाथि नियोजित आक्रमण बढेको बैंकर्सको निष्कर्ष

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved