कृषि विकास बैंकको मोबाईल एपबाटै कर्जा पाउन सकिने, धितो पनि नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 07:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले बोईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ । बैंकको ADBL Smart Plus App बाट बिना धिता २ लाख रुपैयाँसम्म पाउन सकिने भएको हो ।

बैंकले अनुसार योग्य व्यक्तिले २ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने जनाएको छ।
बैंकमा तलवी प्रकारका खाता भएका ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी सक्ने जनाइएको छ । बैंकका अनुसार अवधि EMI आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तान (Pre- Payment) को विकल्प पनि रहने छ ।
बैंकले ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ | BNPL सुविधाको प्रयोग कुनै पनि Fonepay मर्चेन्टमा QR पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यसैगरी "Convert to EMI" सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सकिने छ ।
सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL Instant Foneloan मा Register गर्न सकिने छ । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तै बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा Software मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैकिङ्ग एप भित्र Foneloan ब्यानर र Register Button देखा पर्ने जनाइएको छ । एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि Instant Foneloan का सबै सेवाहरु प्राप्त गर्न सकिने छ । सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये Foneloan सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।

फोलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्, “हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने हो । फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो । साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।”
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, “हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो । ADBL Smart Plus मा फोनलोनको सुचारु भए संगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु. २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नुहुनेछ । बैंकले देशका ७७ जिल्लाका २८० भन्दा बढी कार्यालय, १२९ ATM मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved