ग्राहकलाई प्यान नम्बर अध्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह , नगरे के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 12:04:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) यथाशिघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण "आयकर ऐन २०५८ बमोजिम  स्थायी लेखा नम्बर (Permanent Account Number) प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले प्यान नम्बर यथाशिघ्र अद्यावधिक गर्न आग्रह गरेको हो।

 बैंकको वेबसाइट वा मोबाइल बैंकिङ्ग एप मा रहेको "PAN Update" मा ट्याब गरी अनलाइन बाट नै प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ। 

निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि PAN अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । ग्राहकबाट स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात् निजहरुको करकट्टीको विवरण (E-TDS) सो नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ। जसले ग्राहकहरुलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बैंकले उल्लेख गरेको छ ।

ग्राहकले PAN अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले प्रष्ट पारेको छ। यसअघि बैंकलाई स्थायी लेखा नम्बर उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको नम्बरहरूमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved