प्रभु बैंकका ३ संचालकको राजीनामा स्वीकृत, २ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 10:12:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बनका ३ जना संचालकले राजीनामा दिएका छन् । बैंकमा संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा. डा. गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् ।

बैंकको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो । सोहि बैठकले २ नयाँ संचालक चयन गरेको छ ।

बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २ सानेपा बस्ने अंगिर मान सिंह र काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ३ बस्ने तारा मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved