
नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक बैंक तथा रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ। राष्ट्र बैंकको ६९ औ वार्षिकोत्सव समारोहमा राष्ट्र बैंकले धेरै रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको हो।
जस अनुसार राष्ट्र बैंकले बैंकतर्फ ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई बैंकलाई सम्मान गरेको छ। राष्ट्र बैंकका अनुसार नेपाल भित्रिएको रेमिट्यान्समा ग्लोबल मार्फत २१.१ प्रतिशत, हिमालयन मार्फत २०.६ प्रतिशत र नेपाल एसबिआई मार्फत १९.१ प्रतिशत रेमिट्यान्स भित्रिएको छ ।
त्यस्तै राष्ट्र बैंकले २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउने आइएमई मनि ट्रान्सफर र १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याउने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई सम्मान गरेको छ ।
६९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर दीपेन्द्र पुरूष ढकाललाई सम्मान गरेको छ । विद्युतीय भुक्तानी सेवा प्रदायकमध्ये खल्ती र ईसेवा सम्मानित भएका छन् ।