डिल्लीबजारमा खुल्यो १२ थरी मःमः पाईने रेरष्टुरेन्ट, कोदो, फापर प्राथमिकतामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 10:53:33 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा आएको छ । २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा यो रेष्टुरेन्ट खोलेका हुन् ।

पोखरामा होटल संचालन गरिरहेका आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो रेष्टुरेन्टमा १२ थरीका मःमः पाइन्छ। अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ । अर्याल र मैनाली स्कुले साथी हुन् ।

‘हामी १२ वर्षदेखि सम्पर्कमा छौं, पहिलेदेखि आफ्नै व्यवसाय सरु गर्ने योजना बनाएका थियौँ’ अर्यालले भने, ‘खाजाको रूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ। हामीले आफ्नो आउटलेटमार्फत विशेषगरी विभिन्न प्रकारका मःमः को स्वाद ल्याउने प्रयास गरेका छौँ ।’ 

रेष्टुरेन्ट खोल्नु अगाडि उनीहरुले मुलुकका विभिन्न शहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमःको स्वाद लिएका थिए। डिल्लीबजारमा पाँच सय स्क्वायर फिट क्षेत्रफलको आउटलेट छ। एकपटकमा २६ जना ग्राहकले सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा पनि रहेको सञ्चालक मैनालीले बताए। उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ।

हालको अवस्थालाई मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उनले जानकारी दिए। 

‘सुरुवाती चरणमा हाम्रो रेष्टुरेन्टमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्’ उनले भने, ‘ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ।’ 

रेष्टुरेन्टमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःमः पाइनेछ। 

‘अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ । हामीले यी दुई प्रकारका मःमः लाई अझै प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलि पछि हामी मेनु सार्वजनिक गर्छौं ।’

प्रत्येक परिकारमा तीन थरीको अचार (चटनी) राखिएको छ । ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्। रेष्टुरेन्टमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको छ । पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved