ओपो एफ १९ प्रो नेपाली बजारमा, यस्ता छन् फिचर्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 12:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले तीन विशेष फिचर्स भएको ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट फोटोग्राफी, आकर्षक भिडियोज, तिब्र चार्जिङ सुविधा सहितको टिकाउ ब्याट्री, कलरओएस ११ः तिब्र मल्टिटास्किङको मज्जा र गोपनियताको सुरक्षा जस्ता फिचर्स यस सेटमा पाइने कम्पनीले जनाएको छ  ।

कम्पनीका अनुसार ह्याण्डसेटमा  अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधिको प्रयोग गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३०वाट भोक फ्ल्याश चार्ज ४.० लगायत फिचर्स छ । 

गोपनियता र सुरक्षाका लागि डाटा रिट्रिभ (पूणः प्राप्ति) तथा अनावश्यक ब्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्स  रहेको कम्पनीले जनाएको छ। फोन राखेको स्थान विर्सने तथा हराउने सम्भावना बोकेका मानिसका लागि यसमा ब्यक्तिगत मिडिया तथा फाइल्सका लागि ओपोको प्राइभेट सेफ सुविधापनि ल्याएको छ । 

८ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमता सहितको एफ१९ प्रोको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ  भने  उक्त सेट फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई आकर्षक रंगमा उपलब्ध छन् । 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved