टीभीएस आरटिआर किन्दा बालचन्द थारुले जिते टिभिएस अपाची आरआर बाईक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 05:16:54 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत अपाची आरआर ३१० को पहिलो विजेताको नाम घोषणा गरिएको छ । जसमा कैलाली–०२, बर्दियाका बालचन्द थारु पहिलो बिजेता घोषणा भएका छन् । उनले टीभीएसटीभीएस आरटिआर १६० २भि खरिद गरेका थिए । 

हरेक १५ दिनमा टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरको खरिदमा रू १०,००० सम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत व्याजदरको व्यवस्था भएको “वा“ अफर रहेको छ । साथै योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टिभिएस अपाची आरआर ३१० उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार “वा“ बाट “वाह्“ हुँदै “वाह्ह्” सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्टान्डर एमटि भर्जनको नयाँ प्रोटोन सागा गाडी गोलाप्रथा मार्फत प्राप्त गर्ने छन्  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved