शाओमीद्वारा नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड लन्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2021 | 03:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीद्वारा नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड लन्च

शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ । अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंड साउंड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ । 

अर्को तर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरुले सुसज्जित छ जस्तै क्उइद्द ट्रयाकिङ्ग जसले प्रयोगकर्ताहरुलाई उनीहरुको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ्ग र स्लिप ट्रयाक गर्न मद्दत गर्ने शाओमीले जनाएको छ । 

लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले मी  पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट प्रशंसक र उपभोक्ताहरुलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहेको बताए । “स्पीकरमा डुअल ईक्यु मोडहरु जस्ता सुविधाहरुको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुनेछ । ” कोठारीले भने । 

उनले विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रुपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरुको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्ने जुन दु्रत रुपमा परिवर्तन हुने उद्योगको लागि फोरफ्रन्टमा रहने बताए ।

शाओमीले प्रयोगकर्ताहरुलाई सधैँ सक्रियतामा एक कदम अघि रहन अधिकार दिने र एक एक्टिभ लाइफस्टाइल र आफ्नैै एक राम्रो संस्करण बन्न मद्दत गर्ने शाओमीले जनाएको छ । शाओमीको व्यापक रुपमा पछिल्लो थप भएको प्रशंसित मी स्मार्ट ब्यान्ड सिरिज, मी स्मार्ट ब्यान्ड ६ पनि यही मिशनमा निर्मित रहेको बताईएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved