२ करोड लगानीमा अन्तराष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरबारमार्गमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 04:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’ को २७ औं शाखा काठमाडौँको दरबारमार्गस्थित दरबार मलको पहिलो तल्लामा सुरु भएको छ । 

सलुनको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै)ले उद्घाटन गरे ।

नेपालको १० औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर, पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताइन् ।

सलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रबिधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुबेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले २ करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै बिश्व बिख्यात सौर्न्दर्य साधनको प्रयोग गरिने सन्चालकको दाबी छ ।

२२ वर्ष अगाडी चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved