डिशहोम फाइबरनेटले ल्यायो ६०० एमबीपिएसको ईन्टरनेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 01:43:58 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाई फाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ। डिशहोमले ल्याएको वाई फाई ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार त्यस राउटरमा आर्टिफिसियल इन्टलिजेन्स, गिगाबिट एक्सेस, ड्युल ब्याण्ड स्मार्ट स्टिरिंग, सिमलेस रिमिंग, मल्टी लेभल प्रोटेक्सन, मोर कनेक्सन एण्ड मेश नेटवर्किंग जस्ता विशेषता छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved