पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2022 | 04:15:11 PM मा प्रकाशित

laxmi sunrise bank
राइड सेयरिङ प्लाटफर्म पठाओले 'पठाओ इन्स्योरेन्स हेल्पलाइन' सुरु गरेको छ । बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि  राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले 'पठाओ इन्स्योरेन्स हेल्पलाइन' सुरु गरेको हो।

हेल्पलाइनमा  हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवस्यक परामर्श दिनेछन् ।
नेपालमै पहिलोपटक 'राइड सेयरिङ बिमा' सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved