साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो 'पठाओ लोकल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 03:16:21 PM मा प्रकाशित

laxmi  sunrise bank
साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनिहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले 'पठाओ लोकल' सुरु गरेको छ । शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो ब्यवसाय आधिकारीक दर्ता गरेको हुनु पर्ने पठाओको प्रबक्ता सुरक्षा हमालले बताइन् ।

हाल खाजा डेलिवरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा  २ सय ५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले ब्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन् । पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र ब्यापार गर्दै आएका ब्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ ।

उनका अनुसार पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१ - ५९७००९९ मा सम्पर्क गरि यस बारे जानकारी लिन र दर्ता गर्न सक्नेछन । साथै यो लिंकमा क्लिक गरि आवेदन दिन सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved