
नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै हाईवे टु इस्ट एण्ड वेस्ट नामक रोड शो सम्पन्न गरेको छ ।
उक्त रोड शो विशेष गरि सम्पुर्ण नेपाली ग्राहक महानुभावहरुलाई सि.जी.को वासिङ मेसिन कसरी चलाउने भन्ने बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको थियो ।
उक्त रोड शोमा सि.जी.का विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामानहरुको प्रदर्शनी गर्नुका साथै ति सामानहरुको विशेषताको बारेमा पनि जानकारी दिईएको थियो ।
पुर्वको काँकडभिट्टा देखि लिएर पश्चिमको महेन्द्रनगर सम्म र भक्तपुरको सुर्यविनायक लगाएत बनेपामा समेत रोड शो गरिएको थियो ।
कार्यक्रम अवधि देखि एक हप्तासम्म सि.जी.का कुनै पनि इलेक्ट्रोनिक्स सामानहरु खरिद वा बुकिङ गरेमा २० प्रतिशत छुट पनि दिइएको थियो । कार्यक्रमलाई अझै रोचक बनाउन विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रमहरु पनि गरिएको थियो ।
यति मात्र नभई यो कार्यक्रम डिलर महानुभावहरुलाई प्रोत्साहन दिने र उनिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले पनि आयोजना गरिएको थियो । यसरी विभिन्न किसिमका गतिविधिहरु गरि सि.जी.ले आफ्नो रोड शो सम्पन्न गरेको छ ।