गोर्खा इको प्यानलद्धारा खेलाडीहरुलाई उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 05:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खा इको प्यानलले भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलका प्रतिस्पर्धीहरुलाई हौसला प्रदान गर्न उपहारहरु प्रदान गर्दै आएको छ ।

फागुन ६ गतेदेखि भइरहेको प्रत्येक प्रतियोगितामा प्रतिस्पर्धी टिमका क्याप्टेनहरुलाई फष्ट एड किड प्रदान गर्दै आइरहेको हो । साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुन सफल एकजनालाई पनि कफी मग र कप प्रदान गर्दै आएको छ । 

साथसाथै उदयीमान घोषित खेलाडीहरुलाई पनि गोर्खा इको प्यानलले कफी मग कप वितरण गर्दै आएको छ । प्रत्येक पटक प्रतियोगिता समापनपछि यो वितरण गर्दै आएको हो । 

प्रतियोगिता समापनसँंगै प्रत्येक खेलमा म्यान अफ दी म्याच अनि उदयीमान खेलाडी घोषित गरिन्छ । प्रतियोगिता अवधिभर यो प्रोत्साहन जारी रहने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुरेश कवांले बताए । प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ । 

गोर्खा इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री वा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको मुख्य कर्पाेरेट कार्यालय अरनिको राजमार्ग अन्तर्गत भक्तपुरका राधेराधे नजिकै छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved