
शिव चोक, नखीपोट हाइटमा साथीमार्टको नयाँ शाखा सुरु भएको छ । वैदेशिक रोजगारबाट फर्किएकी जीवनकला राईले मार्टको फ्रेन्चाइज लिएर सुरु गरेकी हुन् ।
विदेशबाट फर्किएपछि आफ्नै ब्यवसाय सुरु गर्ने उदेश्यले साथीमार्टको फ्रेन्चाइज लिएको राइले बताइन् । पहिले नखीपोट, सिभिल बैंक भवनमा रहेको साथीमार्टको आउटलेट स्थान परिवर्तन गरि शान्ति चोक, नखीपोट उचाइमा मार्ट सुरु भएको साथीमार्ट प्रशासनले जानकारी दिएको छ ।
करिब ७ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ । मार्टको उद्घाटन साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले गरेका छन् ।
साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इन्कर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।