
६ दशक लामो नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेविकोले ४ प्रोडक्ट लन्च गरेको छ । नेविकोले बिस्कुटमा D-50 Digestive, कुकिजमा Nice Milk Cookies, कुरुम कुरुम चिउरा र स्न्याक्समा Salted Peanuts गरि थप ४ प्रोडक्ट लन्च गरेको हो ।
D-50 Digestive बिस्कुट १५० ग्रामको उपझोक्ता बिक्रि मुल्य ५० रुपैयाँ तोकिएको छ । यस्तैगरि Nice Milk Cookies दुधको स्वादमा रहेको पौष्टिकयुक्त कुकिज १८० ग्रामको उपभोक्ता बिक्रि मुल्य ५० रुपैयाँ तोकिएको छ ।
८०० ग्रामको तौलमा उपलब्ध कुरुम कुरुम चिउराको उपभोक्ता खरिद मुल्य ९५ रुपैयाँ तोकिएको छ । यस्तैगरि ३५ ग्रामको प्याकेटमा उपलब्ध Salted Peanuts को बिक्रि मुल्य २० रुपैया तोकिएको छ ।