एक लाख नाघ्यो वित्तीय साक्षरतामूलक “फाइनान्सियल नोटिसेस” एप्सको डाउनलोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 10:23:47 PM मा प्रकाशित

laxmi sunrise bank

डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक फाइनान्सियल नोटिसेस एप्स प्लेस्टोरमा एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ । यससँगै एप्स फल्टर प्रविधिमा अद्यावधिक गरी एप्सलाई प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार यस  एप्सबाट बैंक तथा वित्तीय संस्थाका ताजा आर्थिक सूचना, समाचार र महत्वपूर्ण आर्थिक जानकारी हेर्न पढ्न र सुन्न सकिन्छ । त्यस्तै व्यक्ति वा संस्थागत दैनिक कारोबारहरु खर्च र आम्दानीको हिसाब, कर्जा सापटी लेनदेनका हिसाब, वस्तु खरिदबिक्रीका हिसाब, व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिन्छ ।  

एप्स डाउनलोड गर्नेको संख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले भने, “डिजिटल सूचनाप्रति आम नागरिकको चासो बढ्नुले हामीलाई थप हौसला मिलेको छ । साथै बैंक वित्तीय क्षेत्रको सूचनालाई डिजिटाइज गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा हामीलाई झनै ठूलो जिम्मेवारी थपिएको महसुस गरेका छौं।” उनले भने, “हामीले यो रेस्पोन्स डिजिटल सूचनालाई नेक्स्ट लेभलमा लैजान, थप सेवासुविधा र वित्तीय साक्षरताको अभियान सार्थक बनाउन बैंक वित्तीय संस्थाहरु फाइनान्सियल नोटिसेससँग आबद्ध गर्न उत्प्रेरक ठानेका छौँ ।” 

सबै माझ डिजिटल सूचनाको महत्व बढ्नु, लोकप्रिय हुनु बैंकिङ्ग क्षेत्रमा एक नयाँ डिजिटल युगको सुरुवात भएको महसुस गरेको उनको भनाई  छ। आगामी दिनमा नेपालका शहरदेखि ग्रामीण भेगसम्म बैंक तथा वित्तीय संस्थाका वित्तीय सेवालाई डिजिटल सूचनाको माध्यमबाट अझ व्यापक बनाई आम नागरिकलाई वित्तीयरुपमा साक्षर बनाउने कार्यमा निरन्तर लागिरहने उनको प्रतिबद्दता छ।

एप्सले वित्तीय आवश्यकता, चाहनाको विश्लेषण, वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही पहिचान गर्न मद्दत गर्दछ । त्यस्तै, ऋणको सही सूचनाबाट सही निर्णय लिन सक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट, प्रयोग, दैनिक व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्ने गर्दछ ।

मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोगसँगै डिजिटल सूचना र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पु¥याउने काम फाइनान्सियल नोटिसेसले गर्दै आइरहेको अर्यालले बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved