फ्यान फेस्टसहित रियलमीले गर्यो दुई नयाँ मोबाइल सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 11:24:31 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड रियलमीले शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ । 

नेपाली युवा पुस्तामाझ लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले रियलमी कम्युनिटीको उत्साहजनक सहभागिताले हर्षविभोर भएको बताए । 'हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो ।' उनले भने, 'यी नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् । यी दुवै मोडलहरुमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौँ ।' 

शुक्रबार सार्वजानिक ८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जिको मुल्य रु.२९,९९९ र ८/२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभ जिको मुल्य रु.३९,९९९ रहेको कम्पनीले उल्लेख गरेको छ । 

रियलमी ११ फाइभ जि आकर्षक ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभ जि आकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ । दुवै स्मार्टफोनहरु देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरु मार्फत उपलब्ध हुनेछन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved