ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ ।
यो ग्राहक योजना भाद्र २८, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ ।