'नेप्से बुल्स' व्हिस्की बजारमा, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 03:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सागर डिष्टिलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन 'नेप्से बुल्स' व्हिस्की बजारमा ल्याएको छ । कम्पनीले आज असोज १५ गतेदेखि ७५० मिलिलिटरको प्याकमा ह्विस्की बजारमा ल्याएको हो ।

एक बोतल व्हिस्कीको मूल्य ४ हजार ९ सय रुपैयाँ तोकिएको छ भने एक केसको मूल्य ५८ हजार ८ सय तोकिएको छ ।

उक्त व्हिस्की नेशनल डिस्ट्रीब्यूटरले प्रति केस ४५ हजार ७ सय ३४ मा पाउने छ भने उसले १८ सय २९ रुपैयाँ कमिशन लिएर डिस्ट्रीब्यूटरलाई बेच्ने छ । डिस्ट्रीब्यूटरले ४७ हजार ५ सय ८३ मा उक्त व्हिस्की पाउने छ भने उसले ३ हजार ३ सय २९ रुपैयाँ कमिशन लिएर होलसेलरलाई बेच्ने छ । होलसेलरले ५० हजार ८ सय ९२ मा पाउने छ भने उसले ३ हजार ५३ रुपैयाँ कमिशन लिएर रिटेलरलाई बेच्ने छ । रिटेलरले ५३ हजार ९ सय ४५ रुपैयाँमा खरिद गरेर ४ हजार ८ सय ५५ रुपैयाँ कमिशन खाएर प्रति केस ५८ हजार ८ सयमा ह्विस्की बेच्ने छ ।

सागर डिष्टिलरीका अध्यक्ष सन्दिप जलान हुन् । उनी ब्रोकर समेत हुन् । उनले ह्विस्कीको प्रचारको लागि पुँजीबजारका चर्चित लगानिकर्ताहरुको फोटो सुट समेत गराएका छन् । दिपेन्द्र अग्रवाल, अम्बिका पौडेल , अतितलाल श्रेष्ठ, छोटेलाल रौनियार, लगायतले यसको फोटो सुट गरेका छन् । सागर डिष्टिलरीले जारी पुजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आईपीओ पनि निष्काशन गर्न लागेको छ । 

हेर्नुस् फोटोसुट:



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved