बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 02:49:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव ठगीको आरोपमा पक्राउ परेका छन् । बचतकर्ताबाट सङ्कलित रकम ठगी गरेको अभियोगमा उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

न्यू शुनवर्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको अध्यक्षसमेत रहेका यादवलाई बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको हो ।

सेयर सदस्यको उजुरीपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।

बचतकर्ता कुभोलिया देवी यादवले जग्गा सहकारीमा धितो राखेर २५ लाख रूपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरे पनि यादवले लामो समयसम्म जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएको गुनासो गरेकी छिन् । उनले अध्यक्ष यादवविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved