‘सहकारी डुबाउन खोज्ने गिरोह बढे, ऋण उठ्न छोड्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 04:34:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्र डुबाउन खोज्ने गिरोह बढेको दाबी गरेका छन् । सहकारी डुब्दै छन् भन्ने हल्ला फैलाएर ऋण तिर्नबाट उम्किन खोज्नेहरु पनि बढिरहेको उनको भनाई छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा गरी सहकारी क्षेत्र डुबाउन खोज्ने गिरोहका कारण सहकारीबाट प्रवाह भएको ऋण असुली हुन नसक्दा समस्या उत्पन्न भएको अध्यक्ष कँडेलले बताए । 

‘सहकारी डुब्न लाग्यो भन्ने हल्ला फैलाएर ऋण तिर्न पर्दैन भन्ने भ्रम फैलिने गरेको छ, यस्तो भ्रम फैलिँदा तरलता अभावको समस्या आएको छ’ कँडेलले भने । 

उनले हल्लाकै भरमा सहकारीप्रति अविश्वास बढ्दै जाने खतरा रहेको भन्दै बचतकर्ता एकै पटक बचत फिर्ता लिन आउँदा समस्या झन बढिरहेको पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved