ललितपुर महानगरद्धारा सहकारीलाई खोजी-खोजी कारवाही, १० वटा खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 04:10:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सहकारीहरुलाई खोजी खोजी कारबाही थालेको छ । सोही क्रममा महानगरले १० वटा सहकारी संस्थाको अनुमति नै खारेज गरेको छ। पाँच वर्षदेखि प्रतिवेदन नबुझाएका ती १० सहकारीको अनुमति नै खारेज गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले महिला सीप विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बडीखेल पर्यटन सहकारी संस्था लिमिटेड, प्रयास पर्यटन सहकारी संस्था लिमिटेड, एभरग्रिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पारसीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था, राजवृक्ष जडीवुटी सहकारी, एभरेस्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज गरेको हो ।

महानगरको सहकारी ऐन, २०७५ अनुसार सहकारीले त्रैमासिक, बार्षिक र लेखापरीक्षणको प्रतिवेदन हरेक वर्ष कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनामा संघ तथा स्थानीय सरकारलाई बुझाउनुपर्ने उल्लेख छ। तर उक्त संस्थाहरुले ५ वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारणसभा नगरेको र विवरण नबुझाइएको पाइएपछि खारेज गरेको हो। 

महानगरका सूचना अधिकारी देवप्रशाद गुरागाईँले महानगरको नियमित अनुगमनमा ५ वर्षसम्म विवरण नबुझाएका सहकारीलाई प्रक्रिया पुर्याएर खारेजी गरिएको बताए। ‘महानगरको सहकारी ऐन–२०७५ अनुसार हरेक वर्ष कम्पनी ऐन अनुसार नै विवरण पेश गर्नुपर्ने हुन्छ।

तर यी कम्पनीहरुले ५ वर्षदेखि विवरण पेश गरेका छैनन।’ उनले भने, ‘महानगरले नियमित अनुगमन गर्छ, १ वर्षकै विवरण नआएकै भरमा खारेजी प्रक्रिया अगाडी बढाउँदैनौँ ५ वर्षलाई बटमलाईन मानेका छौँ।’

सूचना अधिकारी गुरागाईँका अनुसार उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७७\७८ मा आइपुग्दा ५ वर्षको विवरण बुझाएका थिएनन्। सोही अनुसार ५ गत साउनमै खारेजीको पक्रिया अगाडि बढाउन सार्वजनिक सूचना जारी गरिएको थियो। 

उनका अनुसार आर्थिक वर्ष २०७८\७९ को पुस मसान्तसम्म आउँदा ५ वर्षको विवरण नबुझाएका कम्पनीहरु पनि खारेजीको प्रक्रियामा लैजाने तयारी भएको छ। यो पुसम्म विवरण नबुझाएका सहकारीका लागि पनि अनुगमन भइरहेको र केही दिनमा नै त्यस्ता कम्पनीलाई ३५ दिने सूचनामार्फत ‘किन खारेजी नगर्ने ’ भनि स्पष्टिकरण सोध्ने तयारी भएको उनले बताए। 

३५ दिने सूचना निकालेको समयमा सहकारी सञ्चालकहरुले विवरण नबुझाउनुको कारणसहित अब निरन्तर काम गर्ने प्रतिबद्धता गरेमा संस्था खारेजीबाट रोकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved