रातको समयमा सहकारीबाट पैसा चोरी गर्ने व्यक्ति पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 05:37:45 PM मा प्रकाशित

laxmi  sunrise bank

रातको समयमा सहकारी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोट बेलकोट गढी न.पा.वडा नं.११ तिगाउँ घर भई हाल काठमाडौँको भत्केको पुल बस्ने  ३३ वर्षीय रुप बहादुर तामाङलाई पक्राउ गरेको हो । 

कार्यालयका अनुसार गत माघ ३ गते काठमाडौँको टोखा स्थित मिसास बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले सहकारीको ढोका फोडी सेफ सहित नगद २ लाख चोरी गरेको कार्यालयलेजनाएको छ । 

 चोरी गर्न प्रयोग भएको औजार तथा नगद सहित उनलाई फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved