सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 05:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी फागुन २४ र २५ गते काठमाडौंमा हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा  राष्ट्रिय गोष्ठी हुन लागेको होछ।

संघका अनुसार उक्त गोष्ठीका लागि ४८ जिल्लाका ८३ महिला सहित ३९८ सहभागीको आवेदन गरिसकेका छन् । नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा यो गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक दिपक पनेरुले बताए । उनका अनुसार उपलव्ध श्रोत र साधनलाइ दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकास क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको छ ।

संघका अनुसार वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु, विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु,राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु, वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नु, कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्नु, वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु, वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्नु, वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रुपमा स्थापित गर्नु, तथा वित्तीय सहकारीको योजना विकास र छवी निर्माणको लागि साझा घोषणा जारी गर्नु गोष्ठीका उदेश्य रहेका छन् । 

 संघका अनुसार गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्नुहुने विद्वतहरुबाट विभिन्न ७ विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । त्यस्तै गोष्ठीमा ७ वटै विषयका सामुहिक सत्र सञ्चालन गरिने संघले जनाएको छ ।

गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक पनेरुका अनुसार पहिलो दिन वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी ३ विषयहमा प्रस्तुती रहने छन् । दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी ४ विषयवस्तुमा सामुहिक सत्र सञ्चालन हुने उनले बताए।

२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन बर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved