सहकारी विभागका रजिष्ट्रारले भने 'सहकारीमा समस्या छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 10:42:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नभएको दाबी गरेका छन् ।  आजबाट काठमाडौँमा सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै रजिष्ट्रार घिमिरेले अहिले समस्या आएका भनिएका सहकारीहरु सहकारी नभई सहकारीको नाममा काम गरेका अरु नै संस्था भएको दाबी गरेका हुन् । 

सहकारीमा  अलिअलि समस्या देखिएको र त्यो नेपालको नभई विश्वव्यापि आर्थिक समस्याको कारणले देखिएको उनले बताए । उनले भने 'अहिले जतिपनि सहकारिमा समस्या आयो भनिएकाे छ, र प्रहरीले नियन्त्रणमा लिएको छ, त्यी सबै सहकारीकाे नाममा अरु काम गरेका संस्था हुन्। सहकारीमा अलिअलि समस्या छ, त्याे विश्वव्यापि आर्थिक समस्या हाे। '

उनले सहकारी सहकारीकै रुपमा रहने हाे भने सहकारी संस्थामा समस्या नै नआउने दाबी गरे । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा  सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको हो । गोष्ठी फागुन २५ गतेसम्म चल्ने छ  । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved