सहकारीको पैसा घरजग्गामा गएपछि समस्या आयो: सह अध्यक्ष दवाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 11:20:53 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडीले सहकारीको पैसा घरजग्गामा गएपछि सहकारीमा समस्या आएको बताएका छन् । आजबाट काठमाडौँमा सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सह अध्यक्ष दवाडीले सहकारीको पैसा घरघडेरिमा गएकै कारण सहकारीमा समस्या आएको बताएका हुन् । 

 सहकारीका सदस्यलाई घरजग्गामा लगानी गर्न सहकारीले नै पैसा दिएको तथा सहकारी आफैले पनि घरजग्गा किनेको पाईएकोले उनले बताए । घरजग्गा गएको पैसा चलायमान नहुने भएकोले नै अहिलेको समस्या आएको उनले बताए । उनले घरजग्गामा नभई उत्पादनमा लगानी गर्न समेत सहकारीहरुलाई आग्रह गरेका छन् । फरक प्रसङ्गमा सह अध्यक्ष दवाडीले  सहकारीकाे बचतमा क्याप लगाउन नहुने उल्लेख गरे । 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नभएको दाबी गरेका थिए । उनले  अहिले समस्या आएका भनिएका सहकारीहरु सहकारी नभई सहकारीको नाममा काम गरेका अरु नै संस्था भएको दाबी गरेका थिए । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा  सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको हो । गोष्ठी फागुन २५ गतेसम्म चल्ने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved