नेफ्स्कुनमा पौड्याल र ढकालबीच प्रतिस्पर्धा हुने निश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2023 | 03:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)को साधारणसभा सुरु भएको छ । भोली आइतबार चुनाव हुने भएको छ । चुनावमा नेकपा एमाले निकट सहकारीकर्मी एकातिर र वर्तमान सत्ता गठबन्धन निकटका सहकारीकर्मीहरु अर्कातिर भएका छन् । केन्द्रीय राजनीतिक समिकरण नेफ्स्कुनमा देखिएको छ ।

गठबन्धनमा पद बाँडफाँडको टुंगो लागेसँगै चुनाव हुने लगभग पक्का भएको छ । नेकपा एमालेले हालका अध्यक्ष परितोष पौड्याललाई नै अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने गठबन्धनको तर्फबाट कांग्रेस निकट चन्द्र प्रसाद ढकाल उम्मेदवार बनेका छन् । 

दूबै उम्मेदवारले आफू बलियो रहेको बताइरहेका छन् । साथै, उनीहरु दूबैले आफू सर्वसम्मत अध्यक्ष बन्ने कसरत पनि चलाइरहेका छन् । 

सर्वसम्मत नभए भोली बिहानैबाट मतदान हुनेछ । चुनावी साधारणसभा भएकाले नेफ्स्कुनका २ हजार ६ सय प्रतिनिधि काठमाडौँ आइसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved