नेफ्स्कूनको अध्यक्षमा चन्द्र ढकाल विजयी, यस्तो बन्यो २२ सदस्यीय टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 08:58:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी भएका छन् । प्रतिस्पर्धी परितोष पौड्याललाई १७७ मतले पराजित गर्दै ढकाल विजयी भएका हुन् । 

ढकालले ११ सय ९६ मत पाउँदा पौड्यालले १ हजार १९ मत मात्र पाए । पौड्याल एमाले निकट उम्मेदवार थिए भने ढकाल गठबन्धन निकटका उम्मेदवार थिए। 

त्यस्तै बरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी, र कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । त्यस्तै संचालक महिलामा सिता ढकाल, मन्दरा मिश्र, र कमला देवी गिरी निर्वाचित भएका छन् । 

त्यस्तै कोशी प्रदेश संचालकमा लक्ष्मी सापकोटा, मधेश प्रदेश संचालकमा शोभा कुमारी राउत, बागमती प्रदेश संचालकमा खेमराज सुवेदी, गण्डकी प्रदेश संचालकमा गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालकमा ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालकमा विर  बहादुर राउत भोटे, र सुदुरपश्चिम प्रदेश संचालकमा दिप्ती शाही निर्वाचित भएका छन् । त्यस्तै खुला संचालकमा नवराज अर्याल , देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात र शालिकराम ढकाल विजयी भएका छन् । 

लेखा सुपरिवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल, लेखा सुपरिवेक्षण समिति सदस्यमा हेमराज विष्ट र लेखा सुपरिवेक्षण समिति सदस्य महिलामा दुर्गा तिवारी संजेल निर्वाचित भएका छन् । 

गए राति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए ।


:बिजपाटीमा प्रकाशित भिडियोहरु हेर्नका लागि यहाँ थिच्नुहोस् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved