बचतकर्ताको ४ करोड ठगी गर्ने रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 04:25:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बचतकर्ताको ४ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ परेका छन् । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।

उनी तीनकुनेस्थित उक्त सहकारी संस्थाका अध्यक्ष हुन्‌ । सहकारीमा राखेको आफूहरुको बचत रकम ठगी गरेको भन्दै अध्यक्ष कठायतविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।

सीआइबीले कठायतसँगै एक जना सञ्‍चालकलाई पनि पक्राउ गरेको गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved