सहकारीका लागि छुट्टै नियामक गठनको तयारी गर्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2024 | 10:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank


सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री डा। महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु कानुनको दायराबाट भाग्न नसक्ने बताएका हुन् । 

 उनले सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानुनको कठघरामा आवश्य आउँछने बताए । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न कसैलाई छुन नभएको महतको भनाई छ । 

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको स्पष्ट पादै मन्त्री डा. महतले भनेर्, स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसकारण सहकारीलाई हामीले प्रवद्र्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’

उनले बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको जानकारी दिए । त्यो प्रकृया अगाडि बढेको उल्लेख गर्दै उनले भर्ने सबै हेर्न सक्दैनौं राष्ट्र बैंकले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियमक निकाय गठनको तयारीमा हामी गइरहेका छौं ।’

उनले सहकारीको विषय राष्ट्रिय रुपमै प्रश्न उठेको बताए । तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था पारदर्शी ढंगले वचतकर्ताको एक–एक पैसाको सुरक्षा सुरक्षा गरेकोमा उनले खुशी व्यक्त गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved