रियल गोर्खा सहकारीबाट ठगिएका पीडितलाई सम्पर्कमा आउन सीआईबीको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 02:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

ब्यूरोका अनुसार सहकारीका सञ्चालकमध्ये केही व्यक्तिहरु पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने भएकाले ठगीएका व्यक्तिलाई सीआईबीको सम्पर्कमा आएर जाहेरी दिन अनुरोध गरिएको हो । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ता ठगी गर्ने सञ्चालकलाई मुद्दा चलाउनुपर्ने भएकाले सबै पीडित आएमा बिगो कायम तथा जेल सजायका लागि प्रतिवेदन तयार पारी सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरिएको बताए ।

सीआईबीले अहिलेसम्म गरेको अनुसन्धानमा १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको छ । रकम हिनामिना गरी फरार रहेका उक्त सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले सीआईबीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved