तुलसी बहुमुखी सहकारीको धितो लिलाम हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 04:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको सम्पत्ति लिलाम गर्न सूचना निकालेको छ । सहकारीले कर्जा नतिरेपछि सहकारी बैंकले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको हो ।

तुलसी बहुमुखी सहकारीको नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामी गर्न सहकारी बैंकले सूचना निकालेको हो । 

यस्तै मोरङ साविकको झोराहाट गाविस–६ को कित्ता नम्बर ५८७ को १३५५.६० वर्गमिटर जग्गा पनि लिलामीमा निकालेको छ । 

मालपोत कार्यालय दमकमा दर्ता श्रेस्ता कायम रहेको झापा गौरादह नगरपालिका–१ को कित्ता नम्बर २५२४ को ४३९३.६२ वर्गमिटर र कित्ता नम्बर २५२६ को ५५६५ वर्गमिटर जग्गा समेत लिलामीमा निकालेको छ ।

यो सहकारीले मोरङ र झापामा भएको सम्पत्ति धितो राखेर राष्ट्रिय सहकारी बैंकबाट २ वर्ष अगाडि १० करोड रुपैयाँ चालू पूँजी कर्जा लिएको थियो । यो कर्जाको साँवा र ब्याज भूक्तानी नभएपछि बैंकले सम्पत्ति लिलामीको सूचना निकालेको हो ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेपछि ठगीको मुद्दा खेपिरहेका छन् । शर्मासहित उनकी श्रीमती पनि अहिले पुर्वपक्षका लागि थुनामा छन् । उनीहरूमाथि तुलसी र शिवशिखर सहकारीबाट १५ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved