देशभरीका ५ सय सहकारीमा समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 04:36:09 PM मा प्रकाशित

laxmi  sunrise bank

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा अध्यक्ष दाहालले देशभरीका ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका हुन् ।

उनका अनुसार सहकारी संस्थाहरुको नियमन प्रभावकारी नहुँदा र नियमनकारी संयन्त्र स्थापना नै नभएका कारण समस्या बढेको हो । अध्यक्ष दाहालले संघ अन्तर्गत १ प्रतिशत सहकारी रहेको र १९ प्रतिशत सहकारीहरु प्रदेश सरकार मातहत रहेको बताए । सबैभन्दा धेरै ८० प्रतिशत सहकारीहरु स्थानीय तहअन्तर्गत सञ्चालन भइरहेको उनको भनाइ छ । 

अध्यक्ष दाहालले सञ्चालकहरूले नियम नमान्दा र जुनसुकै क्षेत्रमा लगानी गर्दा समस्या देखिएको बताए । 

उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति रहे पनि यो समितिले आवश्यक जनशक्ति र पूर्वाधार नपाउँदा अपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved