सहकारी ठगेर फरार भएका जीबी राईविरुद्ध इन्टरपोलमा नोटिस जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 09:19:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी ठगेर फरार भएको आरोप लागेका जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा प्रहरीलेले डिफ्यूजन नोटिस जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेर राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरिदिन अनुरोध गरे बमोजिम इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलमा अनुरोध गरेको छ । 

प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ ।

अब इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा उनी भए नभएको ‘लोकेट’ हुनेछ र, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने छ । राई मलेसियामा रहेको आशंका छ । 

सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतको आदेश अनुसार गत असोज २१ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पुर्पक्षका लागि थुनामा छन् । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved