सहकारी अहिलेको अवस्थामा आउनुमा सरकार पनि मुख्य जिम्मेवार छ : अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 09:48:16 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी महासंघकी नवनिर्वाचित अध्यक्ष ओमदेवी मल्लले अहिले सहकारीमा समस्या आउनुमा सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताएकी छिन् ।  इकोनोमिक मिडिया एशोशियनले आयोजना गरेको 'अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले यस्तो बताएका हुन्।

सहकारी व्यवस्थापनका लागि सरकारले २०७४ मा ल्याएको सहकारी ऐनमा रहेका व्यवस्था नै सरकारले कार्यान्वयन गर्न नसकेकोले सहकारीमा अहिलेको अवस्था आएको उनले बताएकी हुन् । उनका अनुसार ऐनमा व्यवस्था गरिएको कर्जा सूचना केन्द्र, ऋण असुली न्याधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने व्यवस्था कार्यान्वयन नहुनुले सहकारीमा अहिलेको समस्याको मूल कारण भएको उनले बताईन् । 

सरकारले सहकारीलाई अर्थतन्त्रको एक खम्बा भने पनि त्यहि अनुसारको व्यवहार नगरेकोले पनि सहकारीको महत्वमा कमि आएको उनले बताईन् । सहकारीको बोर्ड राखेर पैसा संकलन केन्द्र बनाएका गिरोहका कारण सहकारी बद्नाम भए पनि समग्र सहकारी अहिले पनि राम्रो अवस्थामा भएको उनले  दाबी गरिन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved