रामेछापसहित केही जिल्लाका सहकारीमा समस्या छैनः बागमती प्रोस्कून अध्यक्ष सापकोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 05:46:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून)का अध्यक्ष उद्वब सापकोटाले रामेछाप जिल्लासहित केही जिल्लाका सहकारी संस्थाहरुमा समस्या नरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष सापकोटाले दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लाका सहकारीमा समस्या नरहेको बताएका हुन् ।

उनले समुदाय केन्द्रित सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै यी जिल्लाको उदाहरण दिएका हुन् । तर, समुदाय केन्द्रित हुनुपर्ने सहकारीहरु शहर केन्द्रित र शहरमा पनि व्यवसाय केन्द्रित हुँदा समस्या सिर्जना भएको उनको भनाई छ । 

‘केही सहकारी सञ्चालकहरुले सहकारीलाई व्यवसाय बनाउँदा समस्या देखिएको छ, समुदायभन्दा टाढा रहेर चलेका सहकारी संस्थाहरुमा समस्या हो, गाउँ गाउँमा समुदाय केन्द्रित भएर चलेका सहकारीहरुमा कुनै समस्या छैन’ अध्यक्ष सापकोटाले भने, ‘‘दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लाका सहकारीमा कुनै समस्या छैन । सहकारीको मूल्य मान्यतामा नचलेका सहकारीमा समस्या छ । यस्ता सहकारीहरु शहर केन्द्रित छन् ।’

उनले सहकारी संस्थाहरुमा देखिएको समस्या समाधान गर्न सरकार र सहकारी अभियान सँगसँगै लाग्नुपर्ने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved