७३ लाख सहकारी पीडित काठमाडौं आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 08:39:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन आन्दोल थाल्ने घोषणा गरेको छ । अभियानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेल गर्दै आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो । 

फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट  काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताइएको छ । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म केही काम नगरेको र आफूहरुसँग समन्वयसमेत नगरेको उनको भनाइ छ । 

अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । उनले ती पीडितहरु विभिन्न दुई सय ८९ सहकारीमा आवद्ध रहेका बताए ।  अब संगठित रुपमा सशक्त आन्दोलन छेड्ने उनको चेतावनी छ । 

अभियानका महासचिव राजेश विष्टले नियम र ऐन कानुनअनुसार चलेका र बचतकर्तालाई दुःख नदिएका सहकारीले पनि आफूहरुले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे । 

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरुले पीडित बनाएको बताए । सहकारी पीडितहरुको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भएपनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरुले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरुले सहकारीका ठगहरुसँग साँठगाँठ गरेको उनको आरोप छ । 

त्यसैगरी, आफूलाई ललितपुर, कुमारीपाटीस्थित गुडविल बचत तथा सहकारी संस्थाको बचतकर्ता बताउने यमबहादुर विष्टले चार वर्षदेखि आफूले बचत रकम फिर्ता नपाएको बताए । उनले सरकारले पनि कुनै पहल कदमी नलिइदिएको भन्दै दुःख व्यक्त गरे । आफूले पैतृक सम्पत्ति बेचेर आएको ११ करोड पैसा उक्त सहकारीमा राखेको उनको भनाइ छ । 

अर्का सहकारी पीडित दृष्टिबिहीन उमेश थापाले आफू देउराली बहुउद्देश्यीय सहकारीबाट ठगिएको बताए । आफूसहित ७ जनाको करिब ४० लाख रुपैयाँ उक्त सहकारीले ठगी गरेको उनले बताए । उक्त पैसा देउराली सहकारीमा फस्दा अहिले काम गर्नसमेत गाह्रो भएको उनले बताए । आफूजस्तै धेरै दृष्टिबिहीन र अपाङ्गको बचत सहकारीले ठगेको उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved