कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 04:03:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। सहकारी विभागको सिफारिस अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको फागुन ३ गतेको बैठकले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । 

मन्त्रालयले  कान्तिपुर सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको जनाएको हो । अब  सहकारी व्यवस्थापन समितिले सहकारीको नाममा भएको सम्पत्ति रोक्का तथा सञ्चालकहरुको समेत सम्पत्ति रोक्का राखी आफ्नो कारबाही प्रक्रिया अघि बढाउनेछ । 

कान्तिपुर सहकारीका सञ्चालकले बचतकर्ताको करिब ६ अर्ब ५० करोड रुपैयाँ दुरुपयोग गरेको पाइएपछि विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो।

यो सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँबाट सेवा दिँदै आएको थियो । पछिल्लो विवरण अनुसार कान्तिपुर सहकारीमा ७ हजार बचतकर्ता छन् । उनीहरुले ६ अर्ब १३ करोड बचत जम्मा गरेका छन् । 

 यो सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी हुन् । उनी प्रक्राउ परिसकेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved