लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 11:49:08 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

केन्द्र सरकार अर्थात् सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने लालिगुराँस सहकारीलेसहकारी ऐन र सहकारी सिद्धान्तविपरित रुपमा सञ्चालन भएको भन्दै मन्त्रालयले सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब समस्याग्रस्त घोषणा भएको यस सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत हुनेछ । 

बचतकर्ताले सहकारीमा जम्मा गरेको प्रमुख कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारीलगायत सञ्चालकले निजी व्यवसायमा लगानी गरेको पाइएको छ । 

उनीहरुले बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल, लालीगुराँस राष्ट्रिय उच्च मा.वि. तथा कलेज, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, भैरवकुन्ड हाइड्रोपावर, लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, लालीगुराँस एजुकेसन फाउन्डेसन, लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लगायतमा सहकारीको रकम लगानी गरेका छन् । 

गत कात्तिक मसान्तसम्मको विवरण अनुसारको यो सहकारीको शेयर पूँजी ५७ करोड ५३ लाख ५७ हजार छ । निक्षेप दायित्व ५ अर्ब ९१ करोड ३७ लाख ७१ हजार रूपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved