सहकारी समस्याको छानबिन गरि बचतकर्ताको रकम फिर्ता गराउन एमालेको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 11:52:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले सहकारीको रकम अपचलनबारे निष्पक्ष छानबिन गरि बचतकर्ताको रकम फिर्ता गराउन सरकारसँग माग गरेको छ । एमालेको आइतबार समपन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले सहकारीको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरुको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरेको छ । 

सहकारी र लघुवित्तका ऋणी समस्यामा परेका  र मिटरब्याज पीडितका समस्या पूर्ण रुपले समाधान नभएकाले बैठकले केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरिएको छ ।

बैठकको समापनका क्रममा १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो । बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ 'देशका केही सहकारीहरुमा गंभीर समस्या र बेथितिहरु देखा परेका छन्। जनताले दुःख गरेर जम्मा गरेको अर्बौंको रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ताहरु सडकमा अलपत्र पर्ने स्थिति पैदा भएकोछ । लघुबित्तका ऋणिहरु पनि समस्यामा परेका छन्। मिटरब्याज पीडितहरुका समस्या पनि पूर्ण रुपले समाधान भएका छैनन्। यो बैठक केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गंभीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरुकोरकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ । मिटरब्याज पीडितहरु र लघुवित्तका ऋणिहरुका समस्या समाधानमा गंभीर हुन पनि सरकारसँग माग गर्दछ । सहकारीमा पैदा भएका केही समस्यालाई लिएर सहकारीकै विरुद्ध भइरहेका गलत प्रचारहरु उचित होइनन्। संविधानलेसहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरेको छ । यस अनुरुप देशैभरिका सहकारीहरुलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।'




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved