पत्रकार गोकर्ण अवस्थी वर्ष २०२३ को उत्कृष्ठ व्यवस्थापकबाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 05:07:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार गोकर्ण राज अवस्थी वर्ष २०२३ को उत्कृष्ठ व्यवस्थापकबाट सम्मानित भएका छन् । अवस्थी नेपाल व्यवस्थापन संघले घोषणा गरेको वर्ष २०२३ को उत्कृष्ठ व्यवस्थापक पुरष्कारबाट सम्मानित भएका हुन् ।

आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षको जिम्मेवारी समेत सम्हालीसकेका अवस्थी दुई दशक लामो आर्थिक पत्रकारिता पश्चात देशकै ठुलो संजाल भएको नेपाल उद्योग बाणिज्य महासंघमा जोडिएका हुन्। अवस्थी नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रुपमा जिम्बेवारी निभाउँदै आएका छन् । 

त्यस्तै, नेपाल नेपाल व्यवस्थापन संघले युवा उत्कृष्ठ व्यवस्थापकमा मनोज पौडेललाई प्रदान गरेको छ । पौडेल अध्ययन्ता फण्ड म्यानेजमेन्टको संस्थापक तथा अध्यक्ष हुन् । त्यसैगरी, संघले उत्कृष्ठ महिला व्यवस्थापकमा नेपाल टेलिभिजनकी निर्देशक आरती चौताहाट र आजीवन योगदान पुरष्कार पदललाल श्रेष्ठलाई प्रदान गरेको छ । 

पुरष्कार छनौट समुहमा रुपेश कृष्ण श्रेष्ठ, तत्कानि बैंक अफ काठमाडौँका सीईओ अजय श्रेष्ठ र कुसुम एसोसिएट ज्योति रेग्मि रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved